बिर्तामोड । 

विपन्न समुदायका बालबालिका अध्ययनरत झापाको दक्षिणी क्षेत्रको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडाको न्यानो कपडा वितरण गरिएको छ । 

बाह्रदशी गाउँपालिका–१ स्थित ब्रोक्राझाडीको  अमृत माध्यमिक बिद्यालयका चार सय ९६ जना बिद्यार्थीलाई आज एक समारोहका बिच न्यानो कपडा बितरण गरिएको हो ।  

बिर्तामोड–२ को सहारा नेपालको ब्यवस्थापन, लीलामाया खड्का आदर्श फाण्डेशन, झापा एफसी र फ्रेन्सको सहयोग   कपडा बितरण गरिएको हो । 

झापा एफसीका संस्थापक अध्यक्षसमेत रहेका साथै कतार रहेर आफ्नो ब्यवसाय सञ्चालन गर्दै आएका अर्पणबिक्रम खड्काले न्यानो कपडा उपलब्ध गराएका हुन् ।

बिपन्न, सिमान्तकृत र मधेशी समुदायका अध्ययनरत बालबालिलाई सबैले मिलेर सहयोग गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले धारणा राखेका थिए । 

उनले सामाजिक उत्तरदायित्व वहन गर्दै समस्यामा रहेका हरेक नेपालीलाई सहयोग गर्न सबै एक जुट हुन आवश्यक रहेको बताएका थिए । 

pic luga j

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूमीराज थापाको अध्यक्षतामा भएको प्रमुख अतिथि गिरी , पूर्व श्रम तथा पूर्वाधारमन्त्री टेकनारायण राजवंशी, बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा निमित्त प्रमुख गोगराज पौडेललगायतले मनतब्य राखेका थिए । 

बिद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि फाण्डेशनकी संरक्षक शिखा खड्का गणेशले प्रकाश पारेकी थिइन् । 

कार्यक्रममा बिद्यालयले सहारा नेपाल र फाउण्डेशनलाई प्रशंसा पत्रले सम्मान समेत गरेको थियो ।  कार्यक्रममा फाउडेशनका अभिभावक लीलामाया खड्का, सहारा नेपालका सह–सचिव एलबी गिरी, सञ्चालक सदस्य हेमराज गिरी, फडिन्द्र भण्डारी, संयोजक अनुगमन समिति दुर्गा भण्डारी, सदस्य राजु गिरी, संयोजक महिला उप–समिति चित्रकला ओली, सहारा नेपाल साकोसका बिपद ब्यवस्थापन समिति सदस्य हेम खड्का, ओमप्रकाश गौतम, सराहा नेपालका कार्यक्रम ब्यवस्थापक मात्रिका सुवेदीलगायतको उपस्थिति रहेको थियो ।