झापा । नेपाल व्यापार कर्मचारी संघ ९युनिकम० झापाले व्यावसायिक क्षेत्रमा कार्यरत कर्मचारीका लागि ‘बेसिक ट्रेड युनियन कोर्स’ कार्यक्रम गरेको छ ।
झापाको कनकाई नगरपालिकास्थित भुरुङ्गामा वनभोजसहित उक्त कार्यक्रम गरेको हो । युनिकम झापा अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षता तथा युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्य कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पौडेलले उद्योग र व्यावसायिक संस्थाहरुलाई स्थापित गर्न कर्मचारी–कामदारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले युनिकमले कामदार र रोजगारदातालाई एकआपसमा जोड्न पुलको काम गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा युनिकमका केन्द्रीय सदस्य भुषण कर्ण, सञ्चारकर्मी लीला अनमोल, तिम्सिना ट्रेडर्सका सञ्चालक मिनाल तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वनभोज तथा ‘बेसिक ट्रेड युनियन कोर्स’ कार्यक्रम संयोजक टीकाराम दवाडीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन युनिकम झापा सचिव बिमल कट्टेलले गर्नुभएको थियो ।
कार्यक्रममा युनिकम कोशी प्रदेश मार्केटिङ अध्यक्ष विष्णु धमला, सुनसरी अध्यक्ष भरत बस्नेत, बिर्तामोड नगर अध्यक्ष किरण मगर, सचिव किशोर खत्री लगायतको आतिथ्य रहेको थियो ।
युनिकममा देशभर करिब ५० हजार र झापा जिल्लामा आठ हजार सदस्य आबद्ध रहेको जनाइएको छ ।