झापा, २२ पुस । निर्माण व्यवसायी संघ झापाको आगामी नेतृत्व चयनका लागि भोलि (मंगलबार) निर्वाचन हुँदैछ । १९ सदस्यीय कार्यसमितिमा ७ वटा पदमा सर्वसम्मत भए पनि १२ पदमा आकांक्षी धेरै भएपछि निर्वाचन हुन लागेको हो ।


संघको १६ औं अधिवेशन अन्तरगत सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने अधिकतम् प्रयास गरिए पनि अध्यक्षमा दुई, सह–कोषाध्यक्ष तीन जना र सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको छ ।

20250106_172053


 सर्वसम्मत  द्वितीय उपाध्यक्ष राजकुमार राई र तृतीय उपाध्यक्ष नयन बराल  


भोलि बिहान ८ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

व्यावसायिक हकहितका लागि संघमा आफ्नो दर्बिलो नेतृत्व र उपस्थिति जनाउन आकांक्षीहरुले उम्मेदवारी दिएसँगै यतिबेला चुनावी माहोल तातेको छ ।


अध्यक्षमा प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोपाल थापाले जानकारी दिनुभयो । त्यस्तै, संघको सह–कोषाध्यक्षको दौडामा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमाल उत्रिएका छन् ।

20250106_171542

 सर्वसम्मत निर्वाचित प्रथम उपाध्यक्ष केदार गिरी


संघको १० जना कार्यसमिति पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । मनोज उप्रेती, हेडम्बराज निरौला, अजयकुमार देव, रमेश भण्डारी, गंगाप्रसाद गौतम, रोशन कार्की, पविन कटुवाल, ज्ञानबहादुर तामाङ, विवेक जवेगु, भरत


भट्टराई, दिनेश मैनाली, उद्धव कुँवर, गोविन्दप्रसाद घिमिरे, आशिष वान्तवा र डालिम खड्काले सदस्य पदमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीसहित सात सर्वसम्मत
संघको १९ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई र तृतीय उपाध्यक्ष नयन बराल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्याक्ष यज्ञनीति भुर्तेल र महिला सदस्य कमला थाम्सुहाङ सर्वसम्मत भएको निर्वाचन अधिकृत थापाले बताए ।