निर्माण व्यवसायी सङ्घ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन्।
आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अधिकारीले १६३ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्दी प्रकाश सिंहले १४२ मत प्राप्त गरेका छन्।
त्यस्तै सङ्घको प्रथम उपाध्यक्षमा हिजो नै केदार गिरी सर्वसम्मत चयन भईसकेका छन्। त्यसैगरी द्वितीय उपाध्यक्षमा राजकुमार राई र तृतीय उपाध्यक्षमा नयन बराल निर्विरोध चयन भइसकेका छन् ।
महासचिवमा पुष्पराज निरौला पनि निर्विरोध चयन भइसकेका छन्। त्यस्तै सचिव पदमा लोकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल निर्विरोध चयन भएका छन् । महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध निर्वाचित भएकी छन् ।
अध्यक्ष, सहकोषाध्यक्ष तथा सदस्य पदमा सहमति हुन नसकेपछि आज सङ्घको निर्वाचन भएको हो। निर्वाचन मत परिणाम अनुसार सह कोषाध्यक्षमा भने सुरेन्द्र धिमाल निर्वाचित भएका छन् ।
उनले १०४ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एङ्गल गुरुङले ९९ र भट्टराईले ९७ मत प्राप्त गरेका छन्। त्यस्तै सदस्य पदमा आशिष बान्तवाले १९५ , उद्धव कुँवरले १९३, गङ्गा प्रसाद गौतमले २२४, डालिङ खड्काले १९९, दिनेश मैनालीले २२२, प्रविण कटुवाल २४६, भरत भट्टराई १९१ मनोज उप्रेती २२४, विवेक जवेगु २२५ र ज्ञानबहादुर तामाङले २०० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
१० जना सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो। त्यस्तै एकजना सह कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको थियो भने अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको थियो।