सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको समापन भएको छ । 

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको आज बिहिबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

तालिम पुष २१ गतेदेखि सुरु भएको थियो । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउंदै तालिममा सिकिएका सिपलाई व्यवहारमा उर्तान  कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे । 

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउंपालिका  ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । 

WhatsApp Image 2025-01-09 at 05.40.55

संस्थाका अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्दै पुंजी अभावकै कारण व्यवसाय सञ्चालनमा समस्या भए संस्थाले आवश्यक कर्जा सहितको सुविधा उपलब्ध गराउने बताए । 

तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागि थिए । सहभागिलाई जानुका देबी प्रधान र सृजना ढुंगेलले प्रशिक्षण दिएका थिए । सहभागिलाई संस्थाले प्रमाणपत्र उपलब्ध गराएको छ । 

WhatsApp Image 2025-01-09 at 05.40.54 (1)

यस अघि पनि संस्थाले इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरेको थियो । 

त्यसैगरी संस्थाले खुदुनाबारीमा पनि केहि समय अघि कपुरधुप बात्ती निर्माण तालिम प्रदान गरेको थियो । 

झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरु मार्फत शेयरसदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ ।