झापाको बिर्तामोडमा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको आयोजना तथा होटल व्यवसायी संघ झापाको सह आयोजनामा आज एक दिने अन्तरक्रिया बिर्तामोडमा गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुवास चन्द्र ओस्तीको अध्यक्षता तथा बिर्तामोड नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बिर्तामोड ४ र ५ का जनप्रतिनिधि , इलाका प्रहरी कार्यालयका प्रतिनिधि, होटल व्यवसायीहरु सहित अन्यको बाक्लो सहभागिता रहेको होटल व्यवसायी संघ झापा अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन । कार्यक्रमको सञ्चालन खाद्य कार्यालयकी संगिता शाहले गरेकी थिइन ।
साथै सोहि कार्यक्रमका बिच होटल तथा बजार अनुगमन समिति समेत बनेको जनाइएको छ ।
बिर्तामोड नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकमा बिर्तामोड ४ र ५ का जनप्रतिनिधि, होटल व्यवसायी संघका प्रतिनिधि, इलाका प्रहरीका प्रतिनिधि, वाणिज्य संघका प्रतिनिधि र खाद्य कार्यालयका प्रतिनिधिको
संयुक्त अनुगमन समिति निमार्ण भएको अध्यक्ष श्रेष्ठको भनाई छ । नागरिकको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहने यस्ता बिषयमा सबै चनाखो हुनु पर्ने कार्यक्रममा बताइएको थियो ।
पछिल्लो समय खाद्य्य बस्तुमा मिसावट गरिएको तथा खान अयोग्य बस्तु बिक्रि वितरण भए कडा कारवाही गरिने खाद्य प्रविधि कार्यालयले जनाएको छ ।