झापा
सशस्त्र प्रहरी बल नेपालले झापामा सीमा स्तम्भलाई मर्मत गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाले झापा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत थालेको हो ।
सन् २०१४ पश्चात् निर्माण भएका नेपालतर्फबाट मर्मत संभार गरिने बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत कार्यको शुभारम्भ मेचीनगनर न.पा. १५ सिसुवाडाँगी स्थित सानो सीमा स्तम्भ नं. ९५÷१२ बाट गरिएको हो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजी, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि तथा
प्रशासकीय अधिकृत टिकाराम निरौला, नापी बिभागका प्रतिनिधि तथा नापी अधिकृत दमन न्यौपाने, मेचीनगर १५ का वडा सदस्य बिर्खराज राजवंशी, सशस्त्र सीमा बलका प्रतिनिधिलगायत सीमा सहजीकरण समितिका पदाधिकारी, स्थानीय सीमाबासीहरुको उपस्थिति रहेको थियो ।