बिर्तामोड : नेवाः देय् दबुको चौथो झापा जिल्ला अधिवेशन तथा निर्वाचनलाई खलः पूचहरुले बहिष्कार गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि नेवाः देय् दबुले खलः पूचहरुलाई सम्मानजनक सहभागिता नगराउने भएपछि झापाका ७ वटा खलहरु आजबाट नै बाहिरिएको नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरी प्रतिनिधि छनोटमा विभेद गरेको, खल ः पुचहरुलाई सम्मानजनक व्यवहार नगरेको, वरियताका आधारमा प्रतिस्पर्धात्मक अभ्यासभन्दा आफ्नो गुट बनाएर चलेको, झापाभित्र रहेका २ हजारभन्दा बढी खलः पूचहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ ।