झापा
झापा जिल्ला सहकारी संघको २८औँ वार्षिक साधारण सभामा आज बिर्तामोडमा सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोह सम्पन्न भएको हो ।
अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा संघको शेयर पूँजी ३ करोड ५९ लाख ५६ हजार एक सय रुपैँया, कोषमा ८ करोड ९ लाख ६६ हजार ८४१ रुपैँया रहेको उल्लेख छ ।
संघले गत आवमा संघले २ करोड ५ लाख ७० हजार २८७ रुपैँया निक्षेप संकलन गरेको र १ करोड २८ लाख २ हजार १७२ रुपैँया कर्जा लगानी गरेको जनाएको छ । संघमा ४९६ वटा प्रारम्भिक संस्थाहरु सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रमुख अतिथि पोखरेल सहित नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगाल (भानु)ले गरेका थिए ।
कोषाध्यक्षको प्रतिवेदन अर्जुन दंगाल र लेखा सुपरिवेक्षण समिति प्रतिवेदन संयोजक चुडामणि ओझाले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाले गरेका थिए ।