भद्रपुर :  नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत विजयी भएका छन् ।  आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार महतले २५३ मत ल्याउंदै विजय हासील गरेका हुन् ।  ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खसेको थियो । महतको प्रतिद्धन्दी अर्का प्रत्यासी योगेन्द्र पौडेलले १६८ मत पाएका थिए । 

त्यस्तै, सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी भए भने निकटतम् प्रतिस्पर्धी गणेश गिरीले १९० मत पाए । 

उपसचिवमा प्रमिला कोइराला २२४ मतका साथ विजयी भइन् भने प्रतिस्पर्धी तोर्णविक्रम कार्कीले १९३ मत पाएका छन् ।

खुला चार सदस्य पदमा रमला बराल २६५, विकास कोइराला २२९, मित्र अधिकारी २१२, नुतन पौडेल १९१ मतका साथ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।