बिर्तामोड : होटल व्यवसायी संघ झापाको आयोजना तथा पर्यटन कार्यालय काँकरभिटाको सहकार्यमा आजबाट झापाको बिर्तामोडमा दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको छ।
होटल , ट्राभल र ट्रेकिङमा आबद्ध व्यवसायीहरूको व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन्।
तालिमको आज एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दङ्गालले उद्घाटन गरेका छन्। होटल व्यवसायी संघ झापा अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष दंगाल र पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा करिब ५० बढी सरोकार राख्ने निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। आजको पहिलो दिन निरज श्रेष्ठले हस्पिटालिटी सम्बन्धी प्रशिक्षण प्रदान गरेका छन्। त्यस्तै भोलि भने ट्रेकिङ सम्बन्धी प्रशान्त गिरीले प्रशिक्षण दिइने होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले जानकारी दिए।
होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष ख्याम ओलीले स्वागत गरेको कार्यक्रममा क्षेत्री होटल व्यवसाय संघ दमक अध्यक्ष योगराज दंगाल क्षेत्रीय होटल व्यवसायी संघ सुरुङ्गाका कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन संघका झापा महासचिव शिवराज पौडेलले गरेका थिए।