झापाको अर्जुनधारा–६स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अपाङ्गता भएका बालबालिकाहरुको लागि श्री छठ युवा फ्रन्ट बिर्तामोडले आज मकर संक्रान्तिको अवसर पारेर खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै आज एक संक्षिप्त कार्यक्रमका बीच त्यहाँ रहेका बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले खाद्यान्य र ओछ्याउने लत्ता कपडा वितरण गरिएको फ्रन्टका अध्यक्ष अमरजित रौनियारले जानकारी दिए।
बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौलाको प्रमुख आतिथ्यता तथा युवा फन्टका अध्यक्ष रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युवा फ्रन्टका कोषाध्यक्ष विजय शाहले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वाणिज्य सङ्घका कोषाध्यक्ष निरौला, त्यसैगरी सदस्य सदस्य अनन्तलाल महत्वो तथा शत्रुघन रौनियार र बिर्ता जेसिसका अध्यक्ष विकास बस्नेत लगायतले युवा फ्रन्टले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । उनीहरुले यस्ता किसिमका सामाजिक कार्यले अन्यलाई काम गर्ने प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा युवा फ्रन्टका निवर्तमान अध्यक्ष दीपक शाह, उपाध्यक्ष दीपचन्द शाह, रजत सोनी ,महासचिव संजय शाह सदस्य जगदीश शाह ,रवि शाह शंकर शर्मा संयोजक ,उज्ज्वल शाह लगायतको आतिथ्यता रहेको थियो।