बिर्तामोड ।
झापाको बिर्तामोड ३ स्थित बिर्ताबजारमा नेपाल मधेसी समाज समितिले आज माघे संक्रान्तिको अवसरमा खिचडी प्रसाद वितरण गरेको छ ।
समितिले आज मङ्लबार दुर्गा मन्दिर अगाडि खिचडी वितरण गर्नुका साथै विपन्नलाई न्यानो कपडा वितरण गरेको हो । बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षमा कार्यक्रम भएको हो । समितिका अध्यक्ष मण्डलले संस्कृतिलाई संरक्षण गर्दै सामाजिक एकता स्थापन गर्न हरेक बर्ष यस्ता किसिमका कार्यक्रम गरिंदै आइएको जानकारी दिए ।
नगर प्रमुख प्रसाईले खिचडी र विपन्न बयो बृद्व लाई न्यानो कम्बल प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण जातजात्तिको भाषा, संस्कृति र मौलिक पहिचानलाई सम्मान गरिने पर्ने बताइन ।
कार्यक्रममा बिर्तामोड नगर उप– प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथाकी , पूर्व जनप्रतिनिधी भोजराज सिटौला,नेकपा एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराई, छठ महिला मञ्चकी अध्यक्ष निशा शाह,उपाध्यक्ष उमेश चौधरी,युवा व्यवसायी कोसिश घिमिरे, लगायतको आतिथ्यता रहेको थियो ।