झापा : झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सहित सबै पदमा सर्वसम्मत नेतृत्व चुनिएका छन् । सहजकर्ताहरुबीच भएको छलफलपछि सबै पद सर्वसम्मत भएको हो । अध्यक्ष गिरी सहित बरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल, उपाध्यक्षमा युवराज कार्की (पर्वत) , सचिवमा बुद्ध तामाङ, सहसचिवमा विष्णु सिग्देल, कोषाध्यक्षमा चन्द्रमणि कट्टेल सर्वसम्मत भएका हुन् ।
त्यस्तै सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन् ।
निर्वाचित कार्य समितिलाई निवर्तमान अध्यक्ष बिनोद बस्नेत र निर्वाचन समितिका संयोजक रुद्र भुर्तेल लगायतले सफल कार्यकालको शुभकामना दिंदै खादा पहिराएर सम्मान गरेका थिए ।
त्यस्तै निर्वाचित अध्यक्ष केदार गिरीले आफ्नो कार्यकालमा सबैसंग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडि उत्पादनमा योगदान दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।