झापा 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागु औषध ब्यूरो शाखाको संयुक्त प्रहरी टोलीले झापाको कांकरभिट्टाबाट ठुलो परिणामको लागु औषध सहित तीन जना मानिसलाई पक्राउ गरेको छ । 

प्रहरीले प्लाष्टिक सहित २१९ ग्राम २४० मिलिग्राम र प्लाष्टिक बाहेक २०७ ग्राम ८५० मिलिग्राम लागु औषध बरामद गरेको जनाएको छ । 

भारतबाट नेपालतर्फ ठुलो परिमाणमा लागू औषध भित्रिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा हिजो २ गते राती ११ ः२० 

बजेको समयमा इप्रका काँकरभीट्टाका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिम बहादुर लामा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाका प्रहरी नायव निरिक्षक कुमार सोमेश लामिछाने सहितको संयुक्त अप्रेशनमा मेचिनगर ६ –मेचिपुलबाट 

अर्जुनधारा नगरपालिका ८ का बर्ष ३५ को अर्जुन श्रेष्ठ र भारत वेष्ट बंगाल प्रान्त जिल्ला दार्जिलिङ थाना दुलालज्वत बस्ने बर्ष ३० को महोमद अनवर हुसेनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

WhatsApp Image 2025-01-15 at 14.22.35

 प्रहरीले शंकास्पद अवस्थामा फेला परेका उनीहरुको  शरिर तलाशी लिने क्रममा हुसेनको साथबाट प्लाष्टिक बाहेक ६ ग्राम ६६० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखीने पदार्थ र अर्जुन श्रेष्ठको साथबाट नेपाली नगद रु,– २०,०००।– ( विस हजार) फेला पारेको थियो । 

निन्त्रणमा लिइ थप अनुसन्धान तथा सोधपुछ गर्दा श्रेष्ठ र हुसेनले  भद्रपुर ३ नँया बस्ती बस्ने बर्ष ४५ की सविता भन्ने दोमासी राजवंशीलाई भारतको पानीट्याङकीमा भेटी अन्दाजी २०० ग्राम काठमाण्डौ पठाउनको लागी दिएको भन्ने खुल्न आएकोले तत्कालै उक्त स्थानमा संयुक्त प्रहरी टोली खटाएर राजवंशीको घरमा गई खानतलासि गर्ने क्रममा घर भित्र रहेको टेवल माथी लागुऔषध खैरो हेरोईन जस्तो

देखीने पदार्थ प्लाष्टिक सहित २१२ ग्राम ५० मिलिग्राम, प्लाष्टिक बाहेक २०१ ग्राम , १९० मिलिग्राम फेला परेको इप्रका कांकरभिट्टाका डिएसपी मिम बहादुर लामाले जानकारी दिए । त्यस पश्चात राजवंशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार  लागु औषध सहित प्रक्राउ परेकालाई आवश्यक कारवाहीको लागी इप्रका काँकरभिट्टामा राखी अनुसन्धान भइरहेको छ ।