बिर्तामोड ।

सीजी मोटर्सले विर्तांमोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई वटा नयाँ मोटरसाइकल आज (बिहीवार) क्षेत्रिय ग्राण्ड लन्चिङ्ग गरेको छ । हिरो मोटरसकाइलको आफ्नो बिर्तामोडको लागि आधिकारिक बिक्रेता पिटूआर अटो जोनमा एक भब्य कार्यक्रमसहित हिरोको नयाँ एक्स्ट्रिम १२५ बार र एक्स्ट्रिम १६० सीजी रिजनल लन्च गरेको हो । 

नयाँ मोटरसाइकलको सार्वजनिक बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजु न्यौपाने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश बिष्ट, हिरोका सुरुङ्गा शोरुमका प्रमुख कुमारमणि पोखरेल, सामाजिक ब्यक्तित्व जितेन्द्रकुमार बस्नेत, सीजी मोटर्सका मार्केटिङ हेड बिक्रम शर्मा पौडेल, हिरो शोरुम बिर्तामोड प्रमुख प्रकाश भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य बिपिन बजगाँईलगायतले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा स्वागत बिर्तामोड शोरुमका सञ्चालक प्रकाश भट्टराईले गरेका थिए । 

445

कार्यक्रममा गायक निशान भट्टराईलगायत अन्य कलाकारहरुको सांगेतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । हीरो मोटोकर्पले एक्स्ट्रिम रेजमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग ततथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको छ ।

एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ बान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सार्वजनिक दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू रजुम ११० स्कूटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

हीरो मोटरसाईकल तथा स्कूटर २ डब्लू नेपालको प्रतिष्ठीत तथा लोकप्रिय बाण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित बान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ ।

चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५ हजार भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।

एक्स्ट्रिम १६० आर फोरमीले १६० सीसी सेगमेन्टलाई नयाँउचाइमा पुरÞ्याउँदै १६३ सीसी ४–भल्भबीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ ।

यो मोटरसाइकलले ०–६० कि.मी.÷घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल हो ।

यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विडलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनिउपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ ।

साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

प्रविधिको दृष्टिले, यसमाफुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गरिएको छ । यी सुविधाहरुले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ, जसले गर्दा उच्चतम स्तरको अनुभवखोज्नेहरूका लागि यो मोडेल अती उपयोगी हुनेछ ।

यसैगरी एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपीपावर उत्पादन गर्दै, ०–६० कि.मी.÷घण्टा केवल ५.९ सेकेन्डमा पुर्याृउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो ।

यसमा ईबीटी प्रणाली उपलब्धगरिएको छ, जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै, हीरोको आईग्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ । एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ ।

सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफलर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ । यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ ।

१२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ । सुरक्षाका लागि, यसमा सिंगल च्यानलएबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरुमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।