झापा, ५ माघ । जिल्लाका दुई भिन्न स्थानबाट शुक्रबार प्रहरीले भन्सार छलिएका ३ लाख ४२ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ ।


मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनलाई चेकजाँच गर्ने


क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको करिब १ लाख ६८ हजार रुपैयाँ बराबरको ओल्ड मंक लेखिएको १६८ पिस रक्सी र सिक्किम २००० लेखिएको ७२ पिस ७२ हजार रुपैयाँ गरी २ लाख ४० हजार बराबरको


रक्सीसहित मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४० वर्षीय शंकरप्रसाद प्रसाईंलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी राखेको छ ।


त्यसैगरी, शुक्रबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ हनुमान मन्दिर हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेको १ लाख २ हजार ५०० रुपैयाँ बराबरको घरायसी सामानहरु बेवारिसे अवस्थामा फेला पारेको छ ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।