कन्काई स्थित कन्काई धाम कोटिहवनमा पञ्चमुखी हनुमान मन्दिरको निमार्ण गरिएको छ । धाम परिसरमा निमार्ण गरिएको उक्त मन्दिरको आज एक कार्यक्रमकाबिच अनावरण गरिएको छ ।

हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका सिरुवालहरुले आफ्नो पृत्रिको स्मृतिमा उक्त मन्दिर निमार्ण गरिदिएका हुन् । 

स्व.सासु सुसुरा मनप्रसाद, कौशिला सिरुवाल, स्व.बुबा ,आमा धनबहादुर र चुरीमाया थापा तथा स्व. पति डिल्लीराम सिरुवालको स्मृतिमा हाल एडिलेड साउथ अस्ट्रेलिया निवासी सावित्रा देवी सिरुवालले उक्त मन्दिर निमार्ण गरिदिएको कन्काई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । 

WhatsApp Image 2025-01-18 at 05.48.35

भुटानबाट पहिलो पटक नेपालमा आउंदा कोटिहवनमा बसेको स्मरण गर्दै मुत्र्ती निमार्ण गरिदिएको दाता सिरुवालको भनाई छ । 

धाम परिसरमा यस अघि पञ्चमुखि हनुमान मन्दिरको अभाव रहेको र आवश्यकता महशुस गरेर दातासंगको समन्वयमा निमार्ण गरिएको धामका अध्यक्ष थापा बताउंछन् ।

उनले दाताप्रति उच्च प्रशंसा गर्दै आभार प्रकट गरेका छन् । करीब ७ लाख ९७ हजार रुपैंयाको लागतमा उक्त मन्दिर निमार्ण भएको अध्यक्ष थापाको भनाई छ ।