बिर्तामोड
झापाको बिर्तामोडमा सोफा हवले आफ्नो शाखा बिस्तार गरेको छ । देशकै चर्चित सोफा तथा फर्निचर निर्माता सोफा हवले झापाका ग्राहकको मागलाई मध्यनजर गर्दै शाखा आजबाट सञ्चालनमा ल्याएको हो ।
एक समारोहकाबिच राष्ट्र, राष्ट्रियता ,धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले हबको आज उद्घाटन गरेका छन् ।
उद्धघाटन समारोहलाई सम्बोधन गर्दै संयोजक प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले सोफा हवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गरेकोमा प्रशंसा गर्दै सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकताहरू पूरा गर्ने विश्वास ब्यक्त गरे ।
तीनतले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखिएका छन्। न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका सोफा उपलब्ध रहेको छ। कम्पनीले १० वर्षको वारेन्टी, ५० किलोमिटरभित्र निःशुल्क डेलिभरी र पुरानो सोफाको सट्टापट्टाजस्ता आकर्षक सुविधाहरु प्रदान गर्दै आएको अबले जनाएको छ ।
काठमाडौं, चितवन, पोखरा र नेपालगञ्जमा शाखा स्थापना गरिसकेको सोफा हवले आफ्नै उद्योगबाट उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरि ग्राहकहरूको मन जित्न सफल भएको हो ।
कम्पनीले १६८ जनालाई प्रत्यक्ष र हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ। सोफा हवका प्रवन्धक तारालाल धरेलले गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवाको कारणले सोफा हव उपभोक्ताको पहिलो रोजाइ बन्न सफल भएको बताए।