सिक्किमको नाम्चीमा सम्पन्न १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकपको उपाधि जितेको झापा ११का फुटबल क्लबका खेलाडि तथा अफिसियललाई भब्य स्वागत सम्मान गरिएको छ । 

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि जितेको नेपाली फुटबल क्लब झापा ११का खेलाडी तथा अफिसियललाई आज बिर्तामोडमा स्वागत सम्मान गरिएको हो । 

picc sssss

झापा ११ फुटबल क्लब, झापा गोल्डकप लगायतका संघ संस्था तथा ब्यक्तिहरुले सम्मान गरेको हो ।  क्लबका अध्यक्ष जलकुमार गुरुङ , गोल्डकपका अध्यक्ष केदार गिरी, खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, सामाजिक ब्यक्तित्व राजकुमार पोखरेल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले झापा ११ ले जिल्लाको मात्र नभइ समग्र खेलक्षेत्र र राष्ट्रको गरिमा बढाएको चर्चा गरे । उनीहरुले फुटबलमा राजनीति गर्न नहुने धारणा राखेका थिए । 

झापा ११ का महासचिव  गणेश पोखरेले खेलाडिहरुको  सम्मानपत्र वाचन गरेका थिए । 

piccccc ssss

जोरेथाङ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले अर्को नेपाली टोली चर्च ब्वाईज युनाइटेड क्लबलाई २–० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । झापाको जितमा सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरेका थिए ।

विजेता बनेको झापाले उपाधिसहित नगद २० लाख भारतीय रुपैयाँ (नेरु ३२ लाख) हात पारेको छ । झापाले प्रतियोगितामा सुदेवा एफसी, दिल्लीलाई हराएको थियो ।