धुलाबारी : झापाको मेचिनगरमा सञ्चालित इस्ट होराइजन माविले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राष्ट्रिय स्तरमा थुप्रै सम्मान पाइसकेको इस्ट होराइजनले विश्वभरका २०० विद्यालयलाई पछि पार्दै मलेसियामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । 

हालै उत्कृष्ट विद्यालयमा छनोट भई इस्ट होराइजन मावि बेस्ट अलराउन्डर स्कुल विधातर्फ मलेसियामा आयोजित वल्र्ड स्कुल समिटमा सम्मान पाएको हो ।  विश्वभरका २ सय विद्यालय मध्ये होराइजन सबैलाई पछि पार्दै उत्कृष्टमा पर्न सफल भएको हो । 

निजी क्षेत्रबाट सञ्चालित इस्ट होराइजन अब्बल शैक्षिक तथा अतिरिक्त क्रियाकलापका कारण देशभर मात्र होइन विदेशमा पनि चर्चामा छ ।

विश्वका धेरै देशहरुको सिकाइ प्रणाली अध्ययन गरी लागू गर्ने प्रयासमा आफूहरु रहेको विद्यालय प्रशासनको भनाई छ । विद्यालयले अबका दिनमा अध्ययन क्रियाकलाप परिवर्तन गर्न जरुरी रहेको ठम्याई गर्दै विश्वका धेरै देशतिर प्रशासनले अध्ययन भ्रमण गरिरहेको प्रिन्सिपल सन्जीव राईको भनाई छ ।  

निजी क्षेत्रबाट सञ्चालित होराइजन माविले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय स्थापित गर्दै लगेको त छ नै  पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न रचनात्मक र कलात्मकलाई जोड समेत दिंदै लगेको प्रमुख प्रशासक सावित्री सापकोटा राईको भनाई छ । 

विभिन्न विधामा जिल्ला, प्रदेश र संघमा प्रतिनिधित्व गर्दै सम्मान र अवार्ड थुप्रै पाइसकेको विद्यालय अरु भन्दा फरक र एककदम अगाडि हुंदा त्यसको फाइदा  अभिभावकहरु सहित विद्यार्थीलाई समेत भएको छ । 

स्वास्थ्य सम्झौता

विद्यार्थीको सुविधाकालागि इस्ट होराइजन स्कूलले बिर्तामोडस्थित बीएन्डसी अस्पतालसँग स्वास्थ्य सम्झौता गरेको छ । अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई १० प्रतिशत छुटमा उपचार गर्ने गरीको सम्झौता भएको हो । 

खेलकुद प्रतियोगिता

हरेक वर्ष झैं यस वर्ष पनि स्कूलमा खेलकुद प्रतियोगिता सुरु भएको छ । २८ वटा विधामा स्पर्धा भइरहेको अतिरिक्त क्रियाकलापका संयोजक नविन दाहालले बताए । उनका अनुसार बुधबार  म्याराथन दौड प्रतियोगिता हुँदैछ । ज्यामिरगढीबाट उत्तर दौड गरिने उनले बताए ।

सबै प्रतियोगिता सम्पन्न गरेपछि माघ २३ गते भव्य समारोहकाबीच विजेता तथा अन्य पुरस्कार वितरण गर्ने जनाइएको छ । सोही दिन स्व. हरिप्रसाद राई मेमोरियल अन्तर सदन फुटवल प्रतियोगिता हुनेछ ।