बिर्तामोड : सभामुख देवराज घिमिरेले सरकारले नागरिकको शिक्षा तथा स्वास्थ्यमा पहुंच बढाउंदै लगेको बताएका छन् । उनले पछिल्लो समय सरकारी तबरमा खोलिएका अस्पताल तथा विद्यालयले नीजि सरहको सेवा सुविधा उपलब्ध गराउंदै लगेको बताएका हुन् । 

आज झापाको बिर्तामोड ३ मा रहेको बिर्तामोड नगर अस्पताल अस्पताललाई विभिन्न स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तानतरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् । 

नीजि क्षेत्रका अस्पातलले आफुसंग प्रतिष्पर्धा हुने डरले सरकारी अस्पताल प्रति नकारात्मक हल्ला फैलाउने खत्तरा समेत बढेको उनको भनाई थियो । 

उनले सरकारी तबरका संस्थालाई दातृ निकायले पनि सहयोग गरिरहेको भन्दै खुसी ब्यक्त गरे । उनले शिक्षा तथा स्वास्थ्यको हब  बिर्तामोडमा नगर अस्पतालले पनि नागरिकको स्वास्थ्यमा सहज सेवा पु¥याइरहेको बताए ।  उनले नगर अस्पतालाई उपचारको मुख्य केन्द्रका रुपमा विकास गर्न आवश्य रहेको बताए । 

सभामुख घिमिरेको पहलमा  हेल्पीङ हेण्ड फर रिलिफ एण्ड डेभ्लोपमेन्ट युएसएको सहयोगमा  करीब ६८ लाख बराबरको १सय ३६ प्रकारका विभिन्न अस्पतालजन्य सामाग्री हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री एकराज कार्की, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नागरिकको स्वास्थ्य सहज पहुंच पु¥याउन सबैले आ आफ्नो तहबाट काम गरिरहेको बताएका थिए ।