झापा
झापाको बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ ।
आज (बिहीवार) विद्यालय परिसरमा ब्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा तथा कोशी प्रदेश खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । बिद्यालयले प्राथमिक तह साँस्कृतिक कार्यक्रमसहित २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
बिद्यालयले न्यूटन्सका पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्यापक महेन्द्ररत्न तथा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ ।
यसैगरी बिद्यालयलाई संधै सर–सल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावक मध्येका सविता लिम्बु र दिनेश अधिकारीलाई सम्मान गरिएको छ ।
त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजीको डा. सीमा प्रधानलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरी सामाजिक क्षेत्रमा क्रियाशील न्यूटन्स बिद्यालयका पूर्व बिद्यार्थीहरुलाई पनि कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्की, बिद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाई, बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायतले अभिन्नदन, सम्मान तथा कदरपत्रसहित दोसल्ला र मायाको चिनोसहित उनीहरुलाई सम्मान गरेका थिए ।
बिद्यालयको गतिबिधि , स्वागत सहित औचित्माथि प्रकाश प्रिन्सिपल देबेन्द्र हुमागाईले पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, नगर शिक्षा प्रमुख तिलचन भण्डारी, डा. प्रियङ्का कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् ।