काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दे उपसभापति वाग्लेले सभापति लामिछानेमाथि सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लागाउनुभयो । उहाँले संवैधानिक व्यवस्थाको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै रास्वपाले यसको कानूनी उपचार खोज्ने बताउनुभयो ।
उपसभापति वाग्लेले अहिलेको सरकारले अध्यादेशबाट कानून ल्याउने, संवैधानिक परिषद्लाई खल्बल्याउने काम गरिरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेश गर्न आग्रहसमेत गर्नुभयो । ujyaloonline.com