विर्तामोड:
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ विर्तामोड नगरको अध्यक्षमा धर्म लक्सम्बा चयन भएका छन् । विर्तामोड नगर क्षेत्रका १८ वटा सामुदायिक र दुई वटा गुरुकूल स्कुलका सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् प्रतिनिधिहरुको भेलाले लक्सम्बाको नेतृत्वमा विर्तामोड नगर समिति चयन गरेको हो । लक्सम्बा पञ्चरत्न मावि व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
समितिको उपाध्यक्षमा दानकुमारी भण्डारी, सचिवमा चिरञ्जीवि ओली, कोषाध्यक्षमा किरण तिम्सिना एवम् सदस्यहरुमा युवराज गौतम, विष्णुमाया न्यौपाने र तोमप्रसाद ओली रहेका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ झापाका संयोजक बुद्धिमान कार्कीको अगुवाईमा विर्तामोडमा समिति गठन भएको हो । कार्यक्रममा विर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संंग्रौलाले सामुदायिक विद्यालयको सुधारमा समिति र पालिकाबीच सहकार्य हुने बताए । उनले शैक्षिक क्षेत्रका अभियन्ताको कामलाई प्रभावकारी बनाउन समिति सहयोगी हुने धारणा राखे ।
सो अवसरमा विर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले विर्तामोड क्षेत्रमा सामुदायिक स्कुलको अवस्था सुधारोन्मुख रहेको बताए ।