बिर्तामोड । 

निदि–आदर्श युनिटी फुटबल लिग कपको दोस्रो दिनको प्रथम खेल टिम निदी–१५ र  साइन्सबिच भएको प्रतियोगितामा  निदि–१५ ले  साइन्सलाई ५–०  गोलको भारी अन्तरले जितेको छ। 

जसमा पुजन ढकालले २ गोल, बिवश खतिवडा, डेनिश चौहान, रोनान बस्नेत १÷१ गोल  गरेका थिए  । निदि–१५ का मौसम क्षेत्री मेन अफ दि म्याच भए ।

आजै भएको दोस्रो खेल आदर्श पर्पल र बिजनेस स्टडिज बिच भएको थियो । आदर्श पर्पलले बिजनेसलाई १–० ले अग्रता लियो र खेल समाप्त भयो । आदर्श पर्पलबाट एक गोल गर्ने पवन बास्के म्यान अफ दि म्याच भए ।  

दैनिक तीन वटा खेल हुने प्रतियोगितामा आज तेस्रो खेल निदि बिबिएस र आदर्श निलो बिच भएको थियो । खेलमा बिबिएसले विपक्षी टिम आदर्शलाई १–० ले जितेको थियो। जसमा  एक मात्र गोल गर्ने राम महतरा म्यान अफ दि म्याच घोषित भए। 

निदि तथा इन्द्रेणी क्यापस प्रमुख रन्जित शाहको अध्यक्षतामा भएको खेल आदर्श  स्पोट्स फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भैरहेको आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।