बिर्तामोड ।
बिर्तामोड ४ भद्रपुर रोडमा रहेको आरआर पोलिक्लिनिकमा डीएम मधुमेह, थाइराइड र हर्मोनको बिशेषज्ञ सेवा सुचारु भएको छ । आरआरमा भारतको पिजीआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, थाइराइड र हर्मोन रोगमा बिद्यावारिधि गरेका बिशेषज्ञ डा .प्रसिद्ध ढकालको दैनिक सेवा सुरु भएको आज आयोजित पत्रकार भेटघाटमा जनाइएको हो ।
पोलिक्लिनिकले कोशी प्रदेशमा एक मात्र मधुमेह अर्थात सुगर, थाइराइड र हर्मोन सम्बन्धी जुनसुकै रोगको बिशेषज्ञ डा. ढकालद्धारा उपचार सेवा सुचारु गरेको दाबी गरेको छ ।
एमडी इन्डोक्रोनोलोजी तथा डाइबेटिज डाक्टरको आगमनसँगै अव इन्सुलिन लगाउने, सुगर नियन्त्रणमा नरहने, मधुमेह र गर्भावस्थाको मधुमेह भएका रोगीहरुले राम्रो उपचार पाउने पोलिक्लिनिकका अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिए ।
पोलिक्लिनिकमा यस बाहेक मधुमेहको अत्याधुनिक उपचारसँगै सीजीएमएस र इन्सुलिन पम्पको सेवा लिन भारत जानु पर्ने बाध्यताको पनि अन्त्य भएको जनाएको छ । यस्तै रेडयोएक्टिभ आयोडिन थेरापी गर्न चाहने ब्यक्तिले पनि परामर्श लिन सक्नेछन् ।
पत्रकार सम्मेलनमा डा. ढकाल, मानसिक रोग बिशेषज्ञ डा. बविता शर्मा, छाला रोग बिशेषज्ञ डा. रोहित पञ्जीयारलगायतले आ–आफ्नो भनाई राखेका थिए