हरिकुमार प्रसाईं अन्तर माध्यमिक विद्यालयस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिताको उपाधि एरा एभरग्रीन अंग्रेजी विद्यालयले हात पारेको छ ।
झापाको बिर्तामोड ५ मा सञ्चालित न्युटन्स एजुकेशन एकेडेमीले संस्थापक प्रिन्सिपल स्व.हरिकुमार प्रसाईंको स्मृतिमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा बुद्धशान्तिको एरा एभरग्रीनले उपाधि हात पारेको हो ।
त्यस्तै प्रतियोगितामा आयोजक न्युटन्स एजुकेशन द्वितीय, लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा तृतीय र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीले सान्त्वना पुरस्कार जित्न सफल भएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुंमागांईले जानकारी दिए ।
हुमागांईका अनुसार प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो र सन्त्वना हुनेले क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र र मायो चिनो प्राप्त गरेका थिए ।
प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी, विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईं, कार्यक्रम संयोजक धुर्वकुमार कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । हाजिरीजवाफको सञ्चालन कार्यक्रम व्यवस्थापक तथा सिनियर गणित शिक्षक केशव अधिकारीले गरेका थिए ।
काठमाडौँ उपत्यका बाहिर मोफसलमै पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा झापाका ३० वटाभन्दा बढी विद्यालयको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए ।
विद्यालयका एकेडेमिक इञ्चार्ज नोयल पेरेराले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।
विद्यालयले २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार भब्य विविध कार्यक्रम बिच सम्पन्न गरेको थियो ।