झापाको कनकाई ७ वडा स्तरीय बाल सञ्जाल सम्मानित भएको छ । कनकाई नगरभित्रका  वडा बाल सञ्जाललाई उछिन्दै ७ नम्बर वडा क्लब उत्कृष्ट बाल सञ्जालको रुपमा सम्मानित हो ।

कनकाई नगर बाल सञ्जालले शुक्रबार एक कार्यक्रमको बीच सरस्वती वडा बाल सञ्जाललाई यस वर्षको नगर उत्कृष्ट बाल सञ्जालको रुपमा सम्मनित गरेको हो । 

नगर बाल सञ्जालको छैठोैं साधारणसभा एवं आठौँ पुर्न गठन कार्यक्रममा  बाल सञ्जाललेलाई सम्मान पत्र प्रदान गरिएको हो । 

बालमैत्री स्थानीय शासनको मुख्य अंग बाल सहभागीताको पक्षलाई अवलम्बन गर्न स्थापित बाल सञ्जाललेहरुमा नगर भित्र उत्कृष्ट कार्य सम्पादन गरेको र अन्य वडा भन्दा धेरै सक्रियता पुर्वक कार्य गरेकोले सम्मानित गरिएको जनाइएको छ । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी लगायातले कनकाई ७ का बाल सञ्जालका अध्यक्ष रिजन तिम्सिनालाई सर्वोकृष्ट वाल सञ्जालको पुरस्कार प्रदान गरेका थिए ।