दुर्गापुर : झापाको कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्तालुङ एजुकेसन फाउण्डेशनमा सरस्वती पूजाको अवसरमा प्राथमिक तहका कक्षामा भर्ना निःशुल्क गरिएको छ ।
आगामी माघ २१ गते सरस्वती पूजाको अवसरमा प्राथमिक कक्षाहरु नर्सरी, एलकेजी र युकेजीमा निःशुल्क भर्ना कार्यक्रम राखिएको विद्यालयका प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो ।
गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गरिँदै आएकाले यस क्षेत्रका अभिभावको पहिलो रोजाइ बन्दै गएको उहाँले बताउनुभयो । “हामीलाई अभिभावकज्यूहरुको महत्वपूर्ण सहयोगको आवश्यकता छ”, उहाँले भन्नुभयो । सरस्वती पूजाको दिन प्रसाद ग्रहण गर्न आउन विद्यालयले सबैलाई आग्रह समेत गरेको छ ।