झापा
झापा गौरीगञ्ज गाउंपालिका स्थित आठमौजा छोटी भन्सार कार्यालय आज आइतबारबाट पुनः सञ्चालनमा आएको छ । कोरोनाको समयमा बन्द भएको भन्सार आजबाट खुलेको हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाबाट नायव सुब्बा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा ४ जना कर्मचारी खटाइएको छ । ती कर्मचारीहरुले आजदेखि कामकाज शुरु गरेको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले बताए ।
भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकरभिट्टा र भद्रपुर गरी दुई वटा मुख्य नाका छन् । दुवै नाकामा मूल भन्सार रहेका छन् । जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेका थिए ।
बिहारको फत्तेपुर नाकासँग जोडिएको छोटी भन्सार आठमौजा संचालन भएपछि माई पश्चिमका बासिन्दालाई सहज हुने भएको छ ।








































