बिर्तामोड ः

झापाको बिर्तामोडमा माघ ९ गतेबाट सुरु भएका निःशुल्क ‘वरिस्टा ट्रेनिङ’ समापन भएको छ ।  आज  १० दिने तालिम समापन भएको हो ।

‘वारिस्टा ट्रेनिङ’ अर्थात कफी बनाउने तालिम होटल एसोसिएसन नेपालको  आयोजना तथा होटल व्यवसायी संघ झापाको सहकार्यमा भएको हो । 

WhatsApp Image 2025-02-02 at 05.52.01 (1) 

स्वीच सरकारको आर्थिक सहयोगमा सम्पन्न तालिममा २० जना युवा युवती सहभागी थिए ।

तालिममा सहभागिलाई समापन कार्यक्रमका प्रमुख अतिथि होटल एसोसिएसन नेपालको कोषाध्यक्ष युवराज श्रेष्ठ, होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।  

WhatsApp Image 2025-02-02 at 05.52.01

होटल व्यवसायी संघ झापा  अध्यक्ष  श्रेष्ठले तालिमा सिकेको सिप स्वदेश तथा विदेशमा भए पनि उपभोग गर्न सहभागिलाई अनुरोध गरिन । उनले १० दिनको मेहनतलाई ब्यवहारमा उर्तान सहभागीलाई आग्रह गरिन ।  

द  रिजेन्सी हस्पीटालिटीको सभाहलमा तालिम भएको हो ।

सहभागिलाई निरज श्रेष्ठ र पुनम श्रेष्ठले  प्रशिक्षण प्रदान गरेका थिए । 

उनीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाको महासचिव शिव पौडेलले गरेका थिए ।