सुगम शान्ति टोल सुधार समिति बिर्तामोड ६ को अध्यक्षमा डिल्लीराम कोइराला  चयन भएका छन्। आज समितिको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

त्यस्तै समितिको उपाध्यक्षमा रिमा भट्टराई ु सचिवमा गोपाल लकान्द्री ु सहसचिवमा  प्रकाश दाहाल शर्मा र कोषाध्यक्षमा बुद्धिप्रसाद बिमली चयन भएका छन् । 

निर्वाचन समिति संयोजक सुवास भट्टराईका अनुसार समितिको सदस्यहरूमा शिव वाग्ले ,  मुना लुइटेल , रसिद अलि ,सन्ध्या खनाल, पुण्यप्रसाद खतिवडा, सुमित्रा खतिवडा चयन भएका छन् ।