सामाजिक तथा अग्रज ब्यक्तित्व श्री श्रीप्रसाद भण्डारीलाई सम्मान गरिएको छ । कौसल्य गोत्रीय सिजापती भण्डारी कुल वंशउद्धार केन्द्रिय समितिले एक संक्षिप्त कार्यक्रमकाबिच भण्डारीलाई सम्मान गरेको हो ।
श्री प्रसादले सामाजिक, शैक्षिक, राजनीतिक तथा भण्डारी वंशमा पु¥याएको योगदानको प्रसंसा गर्दै सम्मान गरिएको कौसल्य गोत्रीय सिजापती भण्डारी कुल वंशउद्धार केन्द्रिय समितिका कोषाध्यक्ष गौरीप्रसाद भण्डारीले जानकारी दिए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि चन्द्र भण्डारी , अध्यक्ष गोपाल भण्डारी, सचिव भुपाल भण्डारी र कोषाध्यक्ष गौरी भण्डारीले उनलाई संयुक्त रुपमा प्रशंसा पत्र प्रदान गरेका हुन् ।
विक्रम सम्मत १९९४ साल मंसिर ८ गते ताप्लेजुङगमा जन्मिएका सम्मानित भण्डारी हाल शिबसताक्षि ९ स्थित दुधेमा स्थायी बसोबास गर्छन ।
सम्मान कार्यक्रममा बिजय भण्डारी, गणेश भण्डारी, भवानी भण्डारी , रामकुमार भण्डारी, अन्जना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।