झापाको बिर्तामोड ४ स्थित भद्रपुर रोडमा बिदेश अध्ययनकालागि जाने विद्यार्थीको सुविधाकोलागि आर्या एकेडेमीको शाखा सञ्चालनमा आएको छ। आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा तथा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
युवा व्यवसायी नारायण पोखरेलले उक्त एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा आइएलटिएस, पिटिइ ,जापानिज भाषा, कोरियन भाषा र जर्मन भाषाका कक्षाहरू सञ्चालन हुने बताइएको छ।
त्यस्तै सञ्चालक पोखरेलका अनुसार युके ,युएसए ,अस्ट्रेलिया ,न्युजिल्यान्ड ,जापान ,कोरिया ,जर्मन लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि सहजीकरण गर्ने काम गरिनेछ। मुख्य कार्यालय काठमाडौँको चाबेलमा रहेको आर्या एकेडेमीको मोफसलमा पहिलोपटक शाखा विस्तार गरिएको सञ्चालक पोखरेलको भनाइ छ ।
बिभिन्न भाषा तयारी कक्षा दैनिक सञ्चालन भइरहेको बताइएको छ । आर्याको आज सरस्वती पूजाको अवसर पारेर उद्घाटन गरिएको हो।