झापाको बिर्तामोड–६ सिथत तक्षशीला प्रोगे्रसीभ इंग्लिस स्कुलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षा सम्बन्धी पठाई सुरु गर्ने भएको छ ।
विद्यालय प्रशासनले पत्रकार भेटघाट मार्फत (एआई) सम्बन्धी पढाई सुचारु गर्न लागिएको जानकारी दिएको हो । बिद्यालयले थ्रिडीआई (एआई) ल्याव सञ्चालनमा ल्याएको छ । ल्याबको उद्धघाटन बिद्यालयका सञ्चालक दुर्गा प्रसाईले गरेका छन् ।
विद्यालय तहका विद्यार्थीलाई सूचना प्रविधिको शिक्षामा पोख्त बनाउनेगरि (एआई)’ शिक्षा कोशी प्रदेशमै पहिलो पटक भित्र्याइएको बिद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली काकीले बताइन् ।
‘आजका विद्यार्थीले भोलि गएर जुनसुकै क्षेत्रमा काम गरे पनि सूचना प्रविधिको नवीनतम प्रविधिहरूको ज्ञान बिना दक्षता हासिल गर्न सम्भव हुंदैन, कार्यकारी निर्देशक डा. भन्छिन,’ भविष्यमा आइटी क्षेत्रमै करिअर बनाउन चाहनेहरूका लागि यसले निकै सहयोग पु¥याउंछ ।’
सूचना प्रविधिबारे विद्यालय तहबाटै जानकार र सूचना प्रविधि क्षेत्रमा सक्षम जनशक्ति निर्माण गर्ने उदेश्य अनुरुप तक्षशिलामा पढाई सुरु गरिएको विद्यालयका सञ्चालक प्रमिश गिरीले जानकारी दिए । उक्त ल्याव एक करोड ५० लाखको लगानीमा स्थापना गरिएको हो ।
तक्षशीलामा मण्टेश्वरीसहित कक्षा १० सम्म अध्यापन गराइदै आइएको छ ।