झापाको सुरुङ्गामा गोली चलेको छ । आज दिउँसो अन्दाजी ३. ४० बजेको समयमा लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गर्नको लागि प्रहरीले गोली चलाएको हो।
लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुग्दा कारोबारीले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरी स्रोतले जनाएको छ ।
कन्काई ४ स्थित मनकामना टोलमा भारत डिगल बैंक ५ बिहार बस्ने २८ वर्षको अन्जर आलम र सोही स्थानका वर्ष १७ को युसुफ आलमलाई लागु ३२ ग्राम लुकाई छिपाई ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निजहरुलाई नियन्त्रण लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । त्यस्तै नीज अजर आलमको बांया खुट्टामा प्रहरीले एक राउण्ड गोली हानेको छ । उनको कन्काई नगर अस्पतालमा उपाचार सम्भव नभएपछि बिर्तामोड स्थित बिएण्डसी अस्पताल ल्याइएको प्रहरी स्रोतले जनाएको छ