बुटाबारी : सहारा नेपाल साकोसले आफ्ना मृतक सदस्यहरुको ऋण मिनाह गरेको छ । बुटाबारी सेवा केन्द्रमा आबद्ध चार जना सदस्यको ११ लाख ६० हजार रुपैंया ऋण मिनाह साथै काजक्रिया खर्च साकोसले उपलब्ध गराएके हो ।
सस्थाले संचालन गरेको गरिवि निवारण कार्याक्रमा आवद्ध मुनाल सहारा महिला समुहकी सदस्य विर्तामोड ६ की शुशिला विश्वकर्माको नाममा रहेको ६ लाख १० हजार ऋण मिनाह गरेको छ । त्यस्तै काजक्रिया खर्च वापत २५ हजार सहित ६ लाख ३५ हजारको चेक मृतका श्रीमान गोपाल विश्वकर्मालाई हस्तानतरण गरेको हो ।
त्यस्तै बुटाबारीकै मुना सहारा महिला समुहकि सदस्य पदमकुमारी थापाको नाममा रहेको २ लाख ४० हजार रुपैया ऋण मिनाह र २५ हजार काजक्रिया खर्चसतित २ लाख ६५ हजार मृतका छोरा प्रदिप थापा मगरलाई , बुटाबारीकै अभिन्न सहारा महिला समुहमा रहेकी इन्दिरा सापकोटाको १० हजार ऋण मिनाह गरेको छ ।
कार्याक्रममा विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्यप्रसाद कन्दङवाले मृतक सदस्यका परिवारलाई ऋण मिनाह बापतको चेक हस्तान्तरण गर्दै सहाराले समाज र गरिवि निवारणमा खेलेको भुमिकाको प्रशंसा गर्दै वडा कार्यालयले अन्य कार्याक्रमा समन्वय गरेर जाने प्रतिबद्धता ब्यक्त गरे ।
विश्वकर्मा , थापा र सापकोटाको केहि महिना अघि मृत्यु भएको थियो । त्यस्तै अर्जुनधारा ११ सालबारीमा रहेको गौरिशकर सहारा महिला समुहमा रहेकी चन्द्रमाया लम्जेलको ३ लाख ऋण मिनाह संस्थाले गरेको छ ।
लम्जेलका पती हर्क बहादुर लम्जेलको केहि महिना अघि मृत्यु भएको थियो । सस्थाले आफ्ना सदस्यको परिवारमा जन्म देखि मृत्यु सम्म सहारा दिने बताउदै सेयर सदस्य र सदस्यको श्रीमानको मृत्यु हुदा कर्जा सुरक्षण वापत ऋण मिनाह गर्ने गरेको सहारा नेपाल साकोस अनुगमन कार्यालय चारआलि अनुगमन अधिकृत गोमा बस्लेनेतले जानकारी दिइन ।
बुटाबारी सेवा केन्द्रको सभाहलमा आयोजित कार्याक्रममा सेवा केन्द्र सहयोग उप समिति सदस्य रुकमिण दाहाल तिम्सिनाको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा न ६ का वडा अध्यक्ष सुर्यकुमार कन्दङवाको प्रमुख आतिथ्यतामा रहेकोे थियो ।
अनुगमन अधिकृत गोमा बस्नेत, सहयोग समिति सदस्य मिना कार्की, समुहका अदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न ऋण मिनाह तथा काजक्रिया खर्च वितरण कार्याक्रमको संचालन कर्मचारी मुकुन्द उप्रेतीले गरेका थिए ।