बिर्तामोड

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापाका दुई वटा र पाँचथरको एक वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाको १४ औं स्थापना दिवसको अवसरमा आज बिहिबार बिर्तामोड–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–१ देखि कक्षा–७ सम्मका १ सय ६२ विद्यार्थीलाई ब्याग,  भद्रपुर नगरपालिकास्थित महेशपुर आधारभूत विद्यालयका कक्षा–१ देखि कक्षा–५ का १ सय विद्यार्थीलाई ब्याग र पाँचथरको फिदिम नगरपालिका–४ को सिद्धकाली आधारभूत विद्यालयका सबै विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सरस्वती माविमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा उनीहरुलाई ब्याग वितरण गरिएको हो ।

WhatsApp Image 2025-02-06 at 05.17.47

कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले सबै क्षेत्रमा सरकार पुग्न नसक्ने बताउँदै यस्ता प्रकारको सहयोगले अभिभावक, विद्यार्थीलाई मात्र नभई स्थानीय सरकारलाई समेत मद्दत मिल्ने बताइन् ।  सिम्रिकले बालबालिकादेखि बृद्धासम्मलाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन गरेकामा धन्यवादसमेत दिइन । 

सबै सहकारीलाई एउटै दृष्टिकोण हेर्न नहुने बताउँदै नगरप्रमुख प्रसाईंले सहकारीका विषयमा गलत अपवाह नफैलाउन सरोकारवालाई आग्रह गरिन ।  सहकारी क्षेत्रमा देखिएका समस्यालाई सरकारले व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन । 

WhatsApp Image 2025-02-06 at 05.17.47

सामाजिक उत्तरदायित्वबहन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि केही हदसम्म सहयोग पु¥याउने उद्देश्यले विगत वर्षदेखि नै शैक्षिक सामग्र वितरण गरिँदै आएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । 

कारोबारका आधारमा सिम्रिक मुलुकको १० औं र झापाको चौथो ठूलो सहकारी सहकारी भएको बताउँदै उनले भने, “संस्थाले आर्जन गर्ने नाफाको ५ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गर्दै आएको छ ।”

स्थापना दिवसलाई रचनात्मक तवरले मनाउन विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । 

 बर्सेनि ८–१० हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको उनले  बताउँदै यस वर्ष नौ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । 

WhatsApp Image 2025-02-06 at 05.17.48 (1)

कार्यक्रममा स्वागत गर्नुहुँदै सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक लुइँटलले विपन्न वर्गका बालबालिकाले व्याग पाउँदा उनीहरुलाई पठनपाठनमा सहज भएको बताए । 

 सामुदायिक विद्यालयलाई सरकारले उचित ध्यान नदिएको गुनासो गर्दै उनले संस्थागत सहयोगबाट शैक्षिक गुणस्तर सुधारमा सहयोग मिलेको बताए । 

संस्थाका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य खेम अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कन्दङ्वा, मसाले कृषि सहकारीका अध्यक्ष तेजबहादुर कन्दङ्वा लगायतले विद्यार्थीलाई ब्याग वितरण गरेका थिए । 

उता, भद्रपुरको महेशपुरमा आधारभूत विद्यालयमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलेको प्रमुख आतिथ्यमा यहाँका एक सय विद्यार्थीलाई ब्याग वितरण गरिएको छ ।

यता, संस्थाको फिदिम सेवा केन्द्रले पाँचथरको फिदिम नगरपालिका–४ को सिद्धकाली आविका सबै विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनालको अध्यक्षता तथा फिदिम–४ का वडा अध्यक्ष उपेन्द्र लावतीको प्रमुख आतिथ्यता स्वीटर वितरण गरिएको हो ।

कार्यक्रममा फिदिम–४ का वडा सदस्य चन्द्र खनाल, राष्ट्रिय सहकारी बैङ्कका फिदिम शाखाका प्रमुख इम्तियाज आलम, विद्यालय प्रधानाध्यापक ध्रुवकुमारी बोहोरा, संस्थाका सेवा केन्द्र सञ्चालन समितिका सदस्य मिलन गिरी, बलराम मैनाली, सेवाकेन्द्र प्रमुख सुरज मैनाली लगायतले विद्यार्थीलाई स्वीटर प्रदान गर्नुभएको थियो । संस्थाले आज विभिन्न स्थानमा चार सय थान ब्याग वितरण गरेको छ ।