बिर्तामोड
झापाको बिर्तामोडस्थित तेजस्वी कम्पुटर सपोर्टले जापानिज कम्पनी पानासोनिकको घरायसी सामग्री बिक्री शुरु गरेको छ ।
पानासोनिक कम्पनीको ‘पसलभित्र पसल’ अवधारणा अनुसार तेजस्वीले बिर्तामोड भद्रपुर रोडमा रहेको आफ्नै पसलमा पानासोनिक कम्पनीको विभिन्न उत्पादनको बिक्री शुरु गरेको हो ।
पसलको आज बिहिबार एक संक्षिप्त कार्यक्रमकाबिच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गरिन ।
उनले व्यापारलाई समयानुकूल परिवर्तन गर्दै नयाँ योजनाका अनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । नाफासँगै सेवामूलक र ग्राहक आकर्षित हुने खालका व्यवसाय प्रबद्र्धन गर्न आग्रह गरिन ।
कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका जेनेरल म्यानेजर निरजकुमार ठाकुरले पानासोनिक कम्पनीको पसलभित्र सपल अवधारणा अनुसार देशका २० वटा सहरमा यस प्रकारका सपल सञ्चालन आउने बताए ।
पसल भित्र पसलमा कम्पनीका उत्पादनहरूको मूल्यमा बजार भन्दा केही फरक पर्ने र खुद्रा पसलभन्दा सहुलियत हुने सञ्चालक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । ग्राहकहरूले मासिक किस्ता बन्दीमा पनि सामग्रीहरु खरिद गर्न सक्ने घिमिरेको भनाई छ ।
नौ वर्ष पहिले सानो दुईवटा कोठाबाट सेवा सुरु गरेको तेजस्वीले दुई वर्ष पहिलेदेखि मात्र हालको फराकिलो स्थानमा आफ्नो व्यावसायिक सेवा सञ्चालन गर्दै आएको छ ।
तेजस्वी कम्प्युटर सपोर्टको व्यावसायिक सुरुवात कम्प्युटर, प्रिन्टर, स्क्यानर र त्यसका एसेसरीजहरूको बिक्री र मर्मतबाट गरेको थियो । यसपछि सेक्युरिटी सर्भिलेन्स सुविधा थप गर्दै हिक भिजन कम्पनीबाट उत्पादित सिसी क्यामेरा लगायत सामग्रीहरूको आधिकारिक बिक्रेताका रुपमा काम गरिरहेको छ ।
कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका नेशनल सेल्स मेनेजर रुपेश राम त्रिपाठी, एरिया इञ्चार्ज शिव श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो