बिर्तामोड– मोटरसाइकल दुर्घटनामा परी बिर्तामोड ५ का २४ वर्षीय सुमित साहको मृत्यु भएको छ । दुर्गापुरबाट खुदनाबारी जाने भित्री सडक खण्डमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा शाहको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय सिद्धार्थ साह घाइते भएका छन् । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।