सुरुङ्गा ।
समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गोविन ल्वागुन चुनिएका छन् । बुधबार झापा सुरुङ्गामा सम्पन्न भेलाले पत्रकार ल्वागुनको नेतृत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको पुर्नगठन गरेको हो ।
कमिटीको उपाध्यक्षद्धयमा रिता दाहाल मेचीनगर र डिकेन्द्र बस्नेत दमक चयन भएका छन्। त्यस्तै, सचिवमा सुरज प्रधान अर्जुनधारा, सह–सचिवमा नवराज सुवेदी मेचीनगर, दिपिका लोहार बुद्धशान्ति र कोषाध्यक्षमा एलिजा भेटवाल गौरादह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी, र जयकुमार राई रहेका छन्।
संगठनका झापा उपाध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा र संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर १ का इन्चार्ज तीर्थ सिग्देलको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
![](/uploads/advertise/world-link-advt-new-2080-fagun_1732967492.jpeg)
![](/uploads/advertise/mechieyeear (2)_1736908732.jpg)
भेलामा समाजवादी प्रेस संगठन झापाका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य अनिलदेब राईले संगठनको स्थापना, गतिविधीहरु हालै, सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचन, त्यसमा संगठनको तर्फबाट सहभागिता, मातृ पार्टी नेकपा ९एकीकृत समाजवादी० र समाजवादी प्रेस संगठनको अन्तर सम्बन्ध, प्रचारपप्रसारका कार्यमा खेल्नुपर्ने भूमिकाको विषयमा आफ्ना धारणा ब्यक्त गरेका थिए ।
भेलामा समाजवादी प्रेस संगठनका संस्थापक तथा बरिष्ठ पत्रकार लीला बराल, नेकपा ९एकीकृत समाजवादी० कोशी प्रदेश कमिटी सदस्य बासु दुलाल, जिल्ला उपाध्यक्ष प्रत्युष राना, कनकाई नगर अध्यक्ष तथा युवा संघ समाजवादीका केन्द्रीय सदस्य प्रतिक राजवंशी, पार्टी कार्यालय झापाका सचिव पर्शुराम शंकर लगायतले पत्रकार संगठनको रचनात्मक तथा सृजनात्मक गतिविधि सहितको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका जिल्ला कमिटी सचिव सुरज प्रधानले गरेका थिए ।
![](/uploads/advertise/ptbirtacity_1731562392.jpeg)