बिर्तामोड ।
झापाको बिर्तामोडमा एडभान्स पेन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउने भएको छ । आज बिहिबार आयोजित पत्रकार भेटघाटमा जनाइए अनुसार आगामी शनिबारबाट औपचारिक रुपमा क्लिनिक सञ्चालनमा आउन लागेको हो ।
ठूलो समस्याको रुपमा रहेको दुखाइलाई कम गर्ने लक्ष्यका साथ झापाका चारजना वरिष्ठ चिकित्सकहरूको संयुक्त लगानीमा क्लिनिक सञ्चालन गर्ने तयारी गरिएको हो ।
क्लिनिकबाट डाक्टर निरु नेपाल ,डाक्टर पुष्पक रेग्मी ,डाक्टर मुस्कान श्रेष्ठ र डाक्टर कविर श्रेष्ठले दैनिक सेवा दिने छन् । सञ्चालक डाक्टरहरुका अनुसार पूर्व क्षेत्रमै पहिलोपटक यस्तो सेवा दिन लागिएको हो ।
जहाँ विशेषज्ञ पेन फिजिसियन डाक्टरहरूबाट उपचार हुने गर्दछ । शो क्लिनिकबाट अत्याधुनिक उपकरणसहित अल्ट्रा साउन्ड गरिनाका साथै दुखाई व्यवस्थापनमा फिजियोथेरापी सेवासमेत उपलब्ध हुने सञ्चालक समेत रहेका डाक्टर पुष्पक रेग्मीले जानकारी दिए ।
कुनै पनि दुखाइ लामो समयसम्म शरीरमा रहने वा तीन महिना वा सोभन्दा बढी हुने शरीरको दुखाईलाई दीर्घकालीन समाधानकालागि पनि सेवा उपलब्ध हुने जनाइएको छ ।
शारीरिक दुखाई सँगै मानसिक तनाव, थकान सहित हुने गरेको समस्या सामधानमा पनि क्लिनिकबाट सेवा उपलब्ध हुने जनाइएको छ ।
क्लिनिकबाट नसा सम्बन्धी दुखाइ, क्यान्सरको दुखाइ मांसपेशी र हाडजोर्नेको दुखाई , टाउको तथा अनुहारको दुखाइ शल्यक्रिया पछिको दुखाई, मेरुदण्डको दुखाई र खेलकुदबाट हुने दुखाई लगायतबाट मुक्ति पाउन सकिने डाक्टर निरु नेपालको भनाई छ ।