कनकाई, २४ माघ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपाने आउनुभएको छ । मोरङको लेटाङ नगरपालिकाबाट सरुवा भएर उहाँ झापाको कनकाई नगरपालिकामा आउनुभएको हो । 

कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उहाँले जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले लेटाङ नगरपालिकामा २२ महिना कार्यभार सम्हालेपछि कनकाई नगरमा आउनुभएको हो ।

प्रशासनिक कार्य सम्पादनमा अब्बल न्यौपानेले लेटाङमा रहँदा नगरको प्रशासनिक, विकास र संरचनात्मक सुधारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । उहाँको नेतृत्वमा भएका महत्वपूर्ण कामहरूले लेटाङ नगरपालिकालाई नयाँ उचाइमा पु¥याएको ठहर गर्दै नगरले सम्मान समेत गरेको थियो ।

Narayan-neupane

मोरङको सुन्दरहरैंचा नगरपालिका निवासी न्यौपानेसँग धनकुटाको प्राखिबास गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, जिल्ला विकास समिति ललितपुर, सिन्धुलीसहित विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव रहेको छ । 

narayan-neupane-letang-bidai-2-696x522

आफ्नो अनुभवलाई सदुपयोग गर्दै नगरबासीको हित र विकासमा सदैब हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता न्यौपानले गर्नुभएको छ । पाँचथर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसक्नुभएका न्यौपानले २०५४ साल फागुन १ गते नायब सुब्बा पदबाट गौश्वारा हुलाक कार्यालय काठमाडौंमा सरकारी सेवामा प्रवेश गनुभएको थियो ।