बिन्जु मिडिया कर्नर प्रालिले आफ्नै कार्यालय स्थापना गरेको छ ।  झापाको बिर्तामोड–३ स्थित यातयात कार्यालय दक्षिण सृजना टोलमा मिडियाले आफ्नै भवन निमार्ण गरेर  कार्यालय स्थापना गरेको हो । 

एक संक्षिप्त कार्यक्रमकाबिच उक्त कार्यालयको नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आज रिबन काटेर उद्घाटन गरेका छन् ।  सञ्चालक बिजय बरालको अध्यक्षतामा भएको कार्यक्रम स्वागत तथा औचित्यमाथि प्रकाश सञ्चालक बरालले नै पारेका थिए । 

सञ्चालक बरालले कार्यालयबाट भिडियो, अडियोसहित समाचारमुलक सामाग्री साथै कम्युनिकशनका सेवा उपलब्ध हुने जानकारी दिए ।  

प्रमुख अतिथि महासचिव भण्डारी ,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेले पछिल्लो समय आर्थिक संकट र मन्दिका कारण धेरै मिडिया धरायसी भइरहेको बेला बिन्जु मिडियाले आफ्नै कार्यालय स्थापना गरेर सञ्चार कर्म अगाडि बढाउन गरेको प्रयासको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बिन्जु मिडियाको सञ्चालक रन्जु प्याकुरेल बरालले गरेकी थिइन् ।