झापा :  झापा गाउँपालिकाले किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट  मार्फत ५०÷ ५० साझेदारी कार्यक्रम अन्तरगत १७६ मोटर र ३३८ स्प्रे ट्याङ्की पालिकामा आयोजना गरिएको कार्यक्रममा वितरण  गरिएको हो ।

पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिचाइ मोटर र स्प्रे ट्याङ्की कृषकहरुलाई वितरण गरिएको थियोे ।

झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि बिधुत महसुलमा ८० प्रतिशत र झापा बासीलाई ५० प्रतिशत बिधुत महसुस समेत तिरी दिदै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो ।

कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत संचालित रहेको बताउदै यस आर्थिक बर्षमा समेत  १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउदै , झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको सबै कार्यक्रमहरुलाई निरंतरता दिदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नु भएको छ ।

स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरुले अगाडि सार्नु भएको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले जानकारी दिनुभयो ।

झापा गाउँपालिका मकै खेतीको मकै जोन  क्षेत्र  भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखीनै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको  समेत प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।

थपलियाका अनुसार  टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो । किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ  व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि  काम गरिएको थपलियाले बताउनु भयो ।

उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव ,७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर , निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल , कृषक एवं शिक्षा  समिति सदस्य शुन्दरलाल गणेश , कृषक तविजो मिया ,कुमार मैनाली लगायतले आ आफ्नो प्रतिक्रिया सहित मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत तथा  औचित्य माथी कृषि शाखा पाचौं कर्मचारी समिक्षा उप्रेती प्रष्ट पार्नुभएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गर्नु भएको थियो ।