झापा  : झापाको बिर्तामोडमा हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । 

बिर्तामोड –६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन फाण्डेशनको मैदानमा  आजबाट हरिकुमार प्रसाईंको स्मृतिमा  प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको  उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् । 

पढाईको अलवा विद्यार्थीमा रहेको क्षमता प्रस्फुटन गर्न र फुटबल खेलप्रतिको रुचिलाई बढवा दिन प्रतियोगिता आयोजना गरिएको न्युटन्स एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुंमागांईले बताए ।   माघ २८ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल आगामी फागुन ६ गते हुने आयोजक एभरेष्ट स्मार्ट एजुकेशन फाण्डेशन प्रिन्सिपल अनुप शर्माले जानकारी दिए । 

pic ev

कार्यक्रममा बिद्यालयका सेकेन्डरी इन्चार्ज तेजेन्द्र कोइरालाले स्वागत गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाई र जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको औचित्यमाथि न्यूटन्स एजुकेशन एकेडेमीका  प्रिन्सिपल देवेन्द्र हुमागाईले प्रकाश पारेका थिए । 

कार्यक्रममा बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, महासचिव बुद्ध तामाङ, बिद्यालय ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देबी गिरी, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसानका कार्यवहाक अध्यक्ष उत्तम खनाललगायतको आतिथ्य रहेको थियो । 

WhatsApp Image 2025-02-10 at 02.40.39

कार्यक्रमको सञ्चालन बिद्यालयकी शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् ।  झापा जिल्लाका १६ वटा बिद्यालयको सहभागीता रहेको  उक्त प्रतियोगिताको उद्घाटन खेल आज आयोजक एभरेष्ट स्मार्ट एजुकेशन र बेल्स मोडल बिद्यालयबिच भएको थियो । 

एभरेष्टले ७–१ को फराकिलो गोलसँगै बेल्सलाई हराउंदै बिजय हासिल गरेको छ । भोली न्यूटन्स र देवकूल साथै ग्रीनफिल्ड र चिल्ड्रेनबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।