झापा : झापामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा बिना भन्सारको अवैध माछा नियन्त्रणमा लिएको छ । आज सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वाटर झापाबाट सप्रसनि लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल टोलीले कनकाई–१ जामुनखाडीस्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी मोड नजिकै पश्चिमबाट ठुलो परिणामको माछा नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा अन्दाजी १ हजार ४०० केजी अवैध माछा बरामद भएको प्रहरीले जनाएको छ ।
करिब ४ लाख २० हजार मूल्य बराबरको, सवारी साधन तथा चालक जिल्ला सुनसरी इनरुवा–७ का २४ वर्षीय दिलकुमार चौधरीलाई समेत नियन्त्रणमा लिइएको सप्र बल, नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सप्रनाउ महेशराज बिष्टले जानकारी दिए ।