अर्जुनधारा : झापाको अर्जुनधारा नगरपालिकामा देखिएको भूमिसम्बन्धी समस्या समाधान गर्न तीव्र रुपमा अघि बढाइएको छ ।
अर्जुनधारा नगरपालिकाले नगरमा देखिएको भूमि सम्बन्धी समस्यालाई प्राथमिकता दिँदै पहल तीव्र रुपमा अघि बढाइएको हो । केही समयअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यहाँको भूमि सम्बन्धी समस्याका बारेमा चासो राख्दै समाधानका लागि सम्बद्ध निकायमा पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

भूमि सम्बन्धी समस्यालाई किनारा लगाउनका आज अर्जुनधारा नगरपालिकामा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ । नगरप्रमुख बलदेव गोम्देनको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रियामा भूमि समस्या समाधान आयोग कोशी प्रदेशका संयोजक अनिलकृष्ण प्रसाईंको प्रमुख अतिथ्य रहेको थियो ।
अर्जुनधारा नगरपालिकाको अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी एवम् भूमिको स्वामित्व सम्बन्धी विविध विषयमा भएको छलफल तथा अन्तरक्रियामा अर्जुनधारा–७ स्थित खोला उकास जग्गाको समस्या समधानका लागि पहल गर्ने, अर्जुनधारा–१ मा रहेको जग्गाको मूल्य भन्दा बढी कर रहेकाले घटाउन पहल गर्ने, भूमि ऐन र वन एने प्रष्ट नभएकाले धनीपूर्जा वितरणमा देखिएको समस्या समाधानमा पहल गर्ने भूमि समस्या समाधान आयोग कोशी प्रदेशका संयोजक अनिलकृष्ण प्रसाईंले बताउनुभयो ।

_1736908732.jpg)
अन्तरक्रियामा नगरप्रमुख गोम्देनलले नगरमा देखिएको समस्यालाई यथाशीघ्र समाधान गर्न सम्बद्ध निकायमा पहल गरिरहेको बताउनुभयो । छिटो भूमि समस्या समाधान गर्न भूमि समस्या समाधान आयोग लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्तरक्रियामा भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्ष मदनप्रसाद अधिकारी, पूर्व प्रदेश सभा सदस्य बिर्ख प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडाध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
