झापा । झापाका पाँच वटा पालिकाले भोली माघ ३० गते वुधवार स्थानीय विदा दिएका छन् । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा बिर्तामोड नगरपालिका सहित वाह्रदशी, हल्दिवारी, झापा र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।
आदिवासी जनजातिअन्र्तगत पर्ने सन्थाल समुदायको ‘सोहराय’ पर्व प्रमुख पर्व हो ।
यो पर्व ६ दिनसम्म मनाइने गरिन्छ । यो पर्वमा सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दे सन्थाल समुदायले मनाउँदै आएका हुन् ।